महोत्तरी जिल्लाको श्री राम मा.बि. म
टिहानीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत थप बिद्यालय भवन निर्माण हुने भएको छ ।करिब ४५ लाखको लागतमा सो विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुने कुरा मटिहानी न.पा.का प्राविधिक शाखाले जनाएको छ ।
मटिहानी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रितेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप-प्रमुख मन्जु देवी साह, वड़ा अध्यक्षहरु कलीम अंसारी, जीतनारायण माझी, पूर्व गाविस अध्यक्ष रामकुमार मण्डल, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य विजय साह, महोत्तरी उद्योग बाणिज्य संघका उपाध्यक्ष अजय साह, नि. अध्यक्ष मोहन गुप्ता, नि.उपाद्यक्ष नागेश्वर गुप्ता, सचिव विजय साह (रंजीत), जयनाथ प्रसाद साह (सेठ जी), शिक्षा संयोजक चन्देश्वर साह, प्र.अ. अजय पाण्डेय, श्रीष मिश्रा, कार्यपालिका सदस्यहरु अरुण नाहर, सुनकेसी चौधरी, विन्देश्वर नायक, उमाशंकर साह, जुगेश्वर ख़त्वे, जवाहर साह कसेरा, वडासदस्यहरु पुर्व कर्मचारीहरु रामजी मण्डल, राम नारायण सहनी, लगायतका उपस्थिति रहेका थिए ।
